ट्रेण्डिङ

ताजा अपडेट

कोहलपुर । कोहलपुर नगरपालिकाले आर्थिक वर्ष २०८३/०८४ को वार्षिक नीति, बजेट तथा कार्यक्रम प्रस्तुत गरिने नगर सभाका कारण आज नियमित सेवा प्रवाह प्रभावित हुने जनाएको छ।
नगरपालिकाद्वारा जारी सूचनाअनुसार आज बिहान ७:०० बजेदेखि नगर सभाको विशेष अधिवेशनको पहिलो बैठक सञ्चालन हुँदैछ। उक्त सभामा नगरपालिका पदाधिकारी, कर्मचारी तथा सम्बन्धित पक्षहरूको सहभागिता रहने भएकाले नगरपालिकाको कार्यालय, नगर कार्यपालिकाको कार्यालय, अन्तर्गतका वडा कार्यालयहरू तथा स्वास्थ्य संस्थाहरूबाट प्रदान गरिने अत्यावश्यक सेवाबाहेक अन्य नियमित सेवा अस्थायी रूपमा स्थगित रहने जनाइएको छ।
नगरपालिकाले सेवाग्राहीहरूलाई पूर्वजानकारी दिँदै आवश्यक कामको योजना मिलाउन आग्रह गरेको छ। साथै, सेवा प्रवाहमा पर्न सक्ने असुविधाप्रति क्षमायाचना गर्दै नगर सभाको सफल सञ्चालनका लागि सबैको सहयोग अपेक्षा गरेको छ।
प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरीद्वारा हस्ताक्षरित सूचनामा आर्थिक वर्ष २०८३/०८४ को नीति, बजेट तथा कार्यक्रम प्रस्तुत तथा छलफलका लागि नगर सभा आयोजना गरिएको उल्लेख गरिएको छ। नगरपालिकाले सभाको अवधिभर अत्यावश्यक सेवाहरू भने नियमित रूपमा सञ्चालन हुने स्पष्ट पारेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech