ट्रेण्डिङ

काठमाडौं । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले ड्युटीका क्रममा सवारी चालक तथा अन्य सेवाग्राहीसँग हात नमिलाउन मातहतका ट्राफिक प्रहरी कर्मचारीलाई निर्देशन दिएको छ।
कार्यालयले मंगलबार ट्राफिक प्रहरी परिसर, वृत्त, प्रभाग तथा पोस्टहरूलाई सर्कुलर जारी गर्दै ड्युटीका बेला चालक वा सेवाग्राहीसँग हात मिलाउने कार्य पूर्ण रूपमा त्याग्न निर्देशन दिएको हो।
कार्यालयका अनुसार ट्राफिक प्रहरीले सवारी चेकजाँचलगायतका क्रममा चालकसँग हात मिलाएको दृश्यबारे सामाजिक सञ्जाल तथा आम नागरिकबाट विभिन्न गुनासा प्राप्त भएपछि यस्तो निर्णय गरिएको हो।
जारी सर्कुलरमा अबदेखि ट्राफिक प्रहरी कर्मचारीले चालक वा अन्य सेवाग्राहीसँग प्रत्यक्ष हात नमिलाउने र सम्मान व्यक्त गर्न टाढैबाट नमस्कार गर्ने तथा गराउने व्यवस्था अपनाउन भनिएको छ।
उक्त निर्देशन प्रहरी उपरीक्षक नरेशराज सुवेदीको हस्ताक्षरमा जारी गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech