Surakshya Rastriya Dainik
मंगलबार, २८ जुलाई २०२६
ट्रेण्डिङ

 

बुटवल । बुटवलको एक फार्मेसीमा प्रहरीले छापा मारेको छ। बुटवलको अस्पताल लाइनमा सञ्चालित सैनामैना फार्मेसीमा प्रहरीले छापा मारेको हो ।
इलाका प्रहरी कार्यालय बुटवलको टोलीले विशेष सूचनाका आधारमा छापा मारेको बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक निशान्त श्रीवास्तवले जानकारी दिए । उक्त फार्मेसीमा नक्कली तथा प्रतिबन्धित औषधीको अवैध कारोबार भइरहेको आशङ्कामा छापा मारिएको उनले बताए ।
भारतमा निर्मित केही औषधी नक्कली भएको आशङ्कामा औषधी व्यवस्था विभागले त्यस्ता औषधी खरिद–बिक्री नगर्न निर्देशन जारी गरिसकेको छ । त्यस्ता औषधी समेत सो फार्मेसीबाट बिक्री भएको सूचना पाएपछि छापा मारिएको प्रहरीले जनाएको छ।छापाका क्रममा फार्मेसी तथा गोदाममा लुकाइएका शङ्कास्पद औषधीहरू फेला परेका छन् । पक्राउ परेका सञ्चालकविरुद्ध औषधि ऐन तथा जनस्वास्थ्यविरुद्धको कसुरअन्तर्गत कानुनी प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech