Surakshya Rastriya Dainik
मंगलबार, २८ जुलाई २०२६
ट्रेण्डिङ

धरान, सुनसरी । सुनसरीको धरान उपमहानगरपालिका–२० स्थित च्यानडाँडा सिरान सामुदायिक वनभित्र बेवारिसे अवस्थामा लुकाइराखिएको १२० केजी गाँजा प्रहरीले बरामद गरेको छ।
शुक्रबार साँझ करिब ५:२० बजे विशेष सूचनाका आधारमा खटिएको संयुक्त प्रहरी टोलीले जंगल क्षेत्रमा खोजतलास गर्ने क्रममा कालो प्लास्टिकमा प्याक गरिएका चारवटा पोका फेला पारेको थियो। ती पोकाको तौल गर्दा कुल १२० केजी गाँजा रहेको पुष्टि भएको प्रहरीले जनाएको छ।
बरामद गरिएको गाँजा आवश्यक कानुनी प्रक्रिया पूरा गरी इलाका प्रहरी कार्यालय धरानमा राखिएको छ। गाँजा कसले र किन त्यहाँ लुकाएर राखेको हो भन्ने विषयमा प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ।
प्रहरीले घटनासँग संलग्न व्यक्तिको पहिचान तथा खोजी कार्यसमेत तीव्र बनाएको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech