ट्रेण्डिङ

बुटवल । प्रहरी नायब महानिरीक्षक (डीआईजी) भूपेन्द्र बहादुर खत्रीको नेतृत्वमा रहेको लुम्बिनी प्रदेश प्रहरी कार्यालय नेपाल प्रहरीको आन्तरिक कार्यसम्पादन मूल्यांकनमा सबै प्रदेश प्रहरी कार्यालयलाई पछि पार्दै पहिलो स्थान हासिल गर्न सफल भएको छ।
प्रहरी प्रधान कार्यालयले मातहतका कार्यालयहरूको कार्यसम्पादन, अपराध नियन्त्रण, शान्ति सुरक्षा व्यवस्थापन, सेवा प्रवाह र समग्र संस्थागत कार्यक्षमताका आधारमा गरेको मूल्यांकनमा लुम्बिनी प्रदेश प्रहरी कार्यालय उत्कृष्ट घोषित भएको हो।
डीआईजी खत्रीको नेतृत्वमा लुम्बिनी प्रदेश प्रहरीले प्रविधिमैत्री प्रहरी सेवा विस्तार, नागरिक–प्रहरी सम्बन्ध सुदृढीकरण तथा अपराध नियन्त्रणलाई प्राथमिकतामा राखेर विभिन्न नवीन कार्यक्रम सञ्चालन गरेको जनाएको छ। प्रदेशभर डिजिटल उजुरी प्रणाली तथा एसएमएसमार्फत सेवाग्राहीलाई उजुरीको प्रगति जानकारी दिने व्यवस्थालाई थप प्रभावकारी बनाइएको छ।
त्यस्तै, साइबर अपराध नियन्त्रण, सार्वजनिक सुरक्षा प्रवर्द्धन तथा नवप्रवर्तनलाई प्रोत्साहन गर्ने उद्देश्यले ‘ह्याक फर सेफ्टी’ जस्ता प्रविधि–केन्द्रित कार्यक्रम सञ्चालन गरिएका छन्। समुदायसँगको सहकार्य बढाउन शान्ति पदयात्रा लगायतका जनचेतनामूलक अभियान पनि अघि बढाइएको छ।
“नागरिकको सेवामा कमजोरी सह्य हुँदैन” भन्ने अवधारणालाई कार्यान्वयन गर्दै डीआईजी खत्रीले मातहतका जिल्ला तथा सीमावर्ती प्रहरी कार्यालयहरूको नियमित अनुगमन गरी पारदर्शी र नागरिकमैत्री सेवा प्रवाहमा जोड दिएका छन्।
सीमा सुरक्षा सुदृढीकरणसँगै मानव बेचबिखन तथा ठगीविरुद्धको अभियानलाई तीव्र बनाइएको छ। भारतको कुशीनगर लगायतका क्षेत्रमा बन्धक बनाइएका ४०० भन्दा बढी नेपाली नागरिकको उद्धारमा पनि लुम्बिनी प्रदेश प्रहरीले समन्वयात्मक भूमिका निर्वाह गरेको जनाएको छ।
प्रहरी प्रधान कार्यालयको मूल्यांकनमा पहिलो स्थान हासिल गरेसँगै डीआईजी भूपेन्द्र बहादुर खत्रीको व्यावसायिक नेतृत्व, अनुशासित कार्यशैली तथा प्रविधिको प्रभावकारी प्रयोगको व्यापक प्रशंसा भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech