ट्रेण्डिङ

ताजा अपडेट

नेपालगन्ज, बाँके । बाँके प्रहरीले दुई छुट्टाछुट्टै घटनामा ११० ग्रामभन्दा बढी ब्राउन सुगरजस्तो देखिने लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार नेपालगन्ज उपमहानगरपालिका–१० मा शंकास्पद रूपमा हिँडिरहेका कोहलपुर नगरपालिका–१३ निवासी २८ वर्षीय रघु थारु र १८ वर्षीय दिपेश दमाईलाई चेकजाँच गर्ने क्रममा उनीहरूको साथबाट शुद्ध तौल ४ ग्राम ३७० मिलिग्राम ब्राउन सुगरजस्तो देखिने पदार्थ बरामद गरिएको हो।
पक्राउ परेका दुवै जनाविरुद्ध लागूऔषध सम्बन्धी कसुरमा बाँके जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
त्यसैगरी, लागूऔषधको कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङबाट खटिएको विशेष टोली र प्रहरी चौकी बेतहनी, बाँकेको संयुक्त टोलीले डुडुवा गाउँपालिका–२ मा चेकजाँचका क्रममा डुडुवा गाउँपालिका–१ निवासी २८ वर्षीय राजेन्द्र लोनियालाई पक्राउ गरेको छ।
उनको साथबाट शुद्ध तौल १०५ ग्राम ७१० मिलिग्राम ब्राउन सुगरजस्तो देखिने पदार्थ बरामद भएको प्रहरीले जनाएको छ। लोनियाविरुद्ध पनि लागूऔषध सम्बन्धी कसुरमा बाँके जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ।
जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक प्रतित सिंह राठौरका अनुसार दुवै घटनामा बरामद लागूऔषध र पक्राउ परेका व्यक्तिमाथि लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech