Wednesday, October 28, 2026

 

डडेल्धुरा। डडेल्धुरामा प्रहरीले १७१.४६ ग्राम शुद्ध चरेशसहित एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा डडेल्धुरा जिल्लाको अजैमेरु गाउँपालिका–१ मुद्दार निवासी ४१ वर्षीय सन्तोष भण्डारी रहेका छन्।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रवक्ता प्रहरी निरीक्षक भास्कर चन्दका अनुसार गोप्य सूचनाका आधारमा भण्डारीको पसलमा खानतलासी गर्दा प्लास्टिकसहित १७६ ग्राम तथा शुद्ध तौल १७१.४६ ग्राम चरेश बरामद भएको हो।

प्रहरीले भण्डारीलाई मङ्गलबार साँझ करिब ७ः३० बजे नियन्त्रणमा लिएको जनाएको छ। उनीविरुद्ध लागूऔषधसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको छ।

प्रवक्ता चन्दका अनुसार जिल्ला अदालत डडेल्धुराबाट म्याद थप अनुमति लिएर घटनाबारे थप अनुसन्धान भइरहेको छ। बरामद लागूऔषधको स्रोत तथा यस घटनामा अन्य व्यक्तिको संलग्नता रहे–नरहेको विषयमा समेत अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech