ट्रेण्डिङ

ताजा अपडेट

 

कोहलपुर, बाँके  — कोहलपुर नगरपालिका–११ मा २० वर्षदेखि सञ्चालनमा रहेको लर्डबुद्ध एजुकेशन एकेडेमीद्वारा सञ्चालित शिक्षण अस्पताल कोहलपुरले नेपाल सरकारद्वारा लागू गरिएको आमा सुरक्षा (सुत्केरी सेवा) कार्यक्रम हालै बन्द गरेपछि यसले राजनीतिक दलहरूको गम्भीर ध्यानाकर्षण गराएको छ।

शिक्षण अस्पतालले २०८२ साल असार ३२ गते सार्वजनिक सूचना प्रकाशित गर्दै सुत्केरी सेवा बन्द गरिएको जानकारी दिएको हो। यो निर्णयपछि नेकपा (माओवादी केन्द्र) लगायतका आठवटा राजनीतिक दलहरूले संयुक्त रूपमा आपत्ति जनाएका छन्।

तिनका अनुसार आमा सुरक्षा कार्यक्रम कोहलपुर नगरपालिका लगायत सम्पूर्ण स्वास्थ्य संस्थाहरूका लागि अत्यन्त आवश्यक सेवा हो, जसको अभावमा सुत्केरी महिलाहरूले ठूलो कठिनाइ भोग्नुपर्नेछ। उनीहरूले संघीय सरकारलाई यथाशीघ्र हस्तक्षेप गरेर यो सेवा पुनः सञ्चालन गर्न आग्रह गरेका छन्। स्थानीय सरकारसँग समन्वय गरेर कार्यक्रमको स्थायित्व सुनिश्चित गर्नु पर्ने पनि उनीहरूको माग छ।

संयुक्त विज्ञप्तिमा भनिएको छ कि सरकारले सञ्चालित यो स्वास्थ्य सुरक्षा कार्यक्रम नागरिकहरूको मौलिक हकसँग जोडिएको विषय हो। यस्तो आवश्यक सेवा रोकिनु गैरजिम्मेवार निर्णय भएको भन्दै तुरुन्त फिर्ता लिन उनीहरूले आग्रह गरेका छन्।

विज्ञप्तिमा नेकपा (माओवादी केन्द्र), राष्ट्रिय जनमोर्चा, नागरिक उन्मुक्ति पार्टी, नेपाल कम्युनिष्ट पार्टी (बहुमत), नयाँ शक्ति (नेसपा), नेकपा (ए.स), रास्वपा र क्रान्तिकारी कम्युनिष्ट पार्टीको हस्ताक्षर रहेको छ। ती दलहरूले नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालले पनि सर्वसुलभ र सहज स्वास्थ्य सेवा दिनुपर्नेमा जोड दिएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech