ट्रेण्डिङ

ताजा अपडेट

 

 

 

मुगु, खत्याड । हिन्दु नारीहरूको महान चाड हरितालिका तीजको अवसरमा खत्याड–११, रातापानीस्थित श्री महादेव मष्टा नमुना माध्यमिक विद्यालयमा तीज विशेष नृत्य प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ।

शिक्षक भानु कुमारी थापाको संचालनमा भएको कार्यक्रममा अतिरिक्त क्रियाकलाप संयोजक कृष्ण ब. थापाले सभाध्यक्षता गर्नुभयो भने विद्यालयका प्राचार्य रतन बहादुर शाही प्रमुख अतिथिका रूपमा उपस्थित हुनुभएको थियो।

कुल ९ समूहबीच भएको प्रतिस्पर्धामा विद्यार्थीहरूले तीजको उल्लास झल्काउने विभिन्न नृत्य प्रस्तुत गरेका थिए। निर्णायकको भूमिकामा धिरजङ्ग शाही, चिन्तन कुमार शाही र माया कार्की रहनुभएको थियो। कार्यक्रमलाई प्राविधिक सहयोग कर्ण ब. विकले गर्नुभएको थियो।

प्रतियोगितामा कक्षा–८ को समूहले पहिलो स्थान, कक्षा–७ को समूहले दोस्रो स्थान हासिल गर्न सफल भए। त्यस्तै, एकल नृत्यतर्फ कक्षा–३ की सुवर्णा भण्डारीले तृतीय स्थान प्राप्त गरिन् भने सान्त्वना पुरस्कार कक्षा–३ की अपेक्षा कार्कीलाई प्रदान गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि प्राचार्य शाहीले यस्ता प्रतियोगिताले विद्यार्थीहरूको प्रतिभा मात्र उजागर नगरी सांस्कृतिक मूल्य र परम्पराप्रतिको आस्था अझ प्रगाढ बनाउने बताए। साथै, विद्यालयलाई संस्कृतिप्रति जागरुक र उदाहरणीय संस्थाको रूपमा अघि बढाउने संकल्प व्यक्त गर्नुभयो।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech