Surakshya Rastriya Dainik
सोमबार, १४ सेप्टेम्बर २०२६
ट्रेण्डिङ

 

२२ बैशाख २०८३ कोहलपुर – कोहलपुरमा जारी कोहलपुर गोल्डकपको चौथो संस्करणले एउटा भावुक क्षणको जन्म दिएको छ। रेसिङ सहारा क्लबकै उत्पादन खेलाडी नेपाल पुलिस फुटबल क्लबबाट घरेलु मैदानमा खेल्दा आयोजक क्लबका अध्यक्ष चक्र चिमला क्षेत्री खुसीले भावुक बनेका छन्।

आफूले सिकाएका खेलाडीले नेपालको प्रतिष्ठित क्लबको जर्सीमा आफ्नै मैदानमा प्रतिस्पर्धा गरेको देख्दा अध्यक्ष क्षेत्री गद्गद् भएका हुन्।

अध्यक्ष क्षेत्रीले भने, “आज नेपालको प्रतिष्ठित क्लबबाट खेलिरहेका खेलाडी आफैले सिकाएको देख्दा अत्यन्तै खुसी लागेको छ। यो मेरो लागि गर्वको विषय हो।”

रेसिङ सहारा क्लबले सानैदेखि खेलाडीहरूको प्रतिभा पहिचान र विकासमा गरेको मेहनत सार्थक भएको भन्दै उनले युवा खेलाडीहरूलाई प्रोत्साहन दिन क्लबले निरन्तर काम गरिरहने प्रतिबद्धता जनाए।

क्षेत्रीले हर्ष र भावनात्मक मिश्रित स्वरमा थपे, “हामीले सिकाएका खेलाडीहरू राष्ट्रिय स्तरमा सफल हुँदै गरेको देख्दा आफ्ना सन्तानले ठूलो कमाइ गरेजस्तो आत्मीय अनुभूति हुन्छ। कोहलपुरको माटोबाट प्रतिभा उत्पादन हुँदैमा गर्व छ।”

कोहलपुर गोल्डकपको यो संस्करणले स्थानीय खेल प्रतिभा र राष्ट्रिय क्लबहरूबीचको सेतुको रूपमा काम गरेको अध्यक्षको भनाइ छ। यस पटकको प्रतियोगिता विशेष बनेको छ किनभने रेसिङ सहारा क्लबकै युवा पुस्ताले अहिले नेपाली फुटबलको ठुलो मञ्चमा चम्किरहेको देख्न पाइएको छ।

प्रतियोगिता सकिएपछि पनि क्लबले यस्ता खेलाडी उत्पादन गरिरहने अध्यक्ष क्षेत्रीले बताए। स्थानीय खेलप्रेमीहरूले पनि आफ्नै फुटबल कोहलपुरको माटोमा हुर्किएका खेलाडीले पुलिस जस्तो ठुलो टोलीमा खेलको देख्दा उत्साहित भएको प्रतिक्रिया दिएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech