Surakshya Rastriya Dainik
सोमबार, १४ सेप्टेम्बर २०२६
ट्रेण्डिङ

 

०७ जेठ २०८३ काठमाडौं ;– नेपाल प्रहरी श्रीमती संघ र कलेज अफ बिजनेस म्यानेजमेन्ट (CBM) बीच शैक्षिक सहकार्य अभिवृद्धिसम्बन्धी महत्वपूर्ण सम्झौतापत्र (MoU) मा हस्ताक्षर भएको छ। उक्त सम्झौता शिक्षा, नैतिक मूल्य र अनुशासनको विकासमा सहयोग पुर्याउने उद्देश्यले गरिएको हो।

सम्झौतापत्रमा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती नविना खत्री कार्की र CBM कलेजका अध्यक्ष लेखनाथ कोइरालाले हस्ताक्षर गरेका छन्। यस सहकार्यले प्रहरी परिवारभित्रको शैक्षिक उन्नयनमा नयाँ कोशेढुङ्गा सावित हुने विश्वास लिइएको छ।

सम्झौताअनुसार नेपाल प्रहरीमा कार्यरत तथा अवकाशप्राप्त प्रहरी कर्मचारीका परिवार, शहीद तथा अशक्त प्रहरीका परिवारका विद्यार्थीहरूलाई विज्ञान, विधि तथा व्यवस्थापन संकायमा सञ्चालित कक्षा १२, बीबीएस, बीबीएस+, बीबीएम तथा एमबीएस तहमा पूर्ण तथा आंशिक छात्रवृत्ति उपलब्ध गराइनेछ। साथै, क्षमता विकासका विविध अवसरहरू प्रदान गर्ने व्यवस्था समेत गरिएको छ।

सम्झौता कार्यक्रममा CBM कलेजका पदाधिकारीहरू, श्रीमती संघका महासचिव, कार्यक्रम सचिव, कोषाध्यक्षलगायत अन्य पदाधिकारी तथा प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो। सहकार्यले प्रहरी परिवारलाई गुणस्तरीय शिक्षामा पहुँच बढाउन टेवा पुर्याउने आयोजकले विश्वास व्यक्त गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech