Surakshya Rastriya Dainik
सोमबार, १४ सेप्टेम्बर २०२६
ट्रेण्डिङ

 

१६जेठ २०८३ काठमाडौं ;— मकाउमा आयोजित ‘रोड टु यूएफसी सिजन ५’ को पहिलो खेलमा शानदार जित हात पार्दै सेमिफाइनलमा प्रवेश गरेका नेपाली एमएमए फाइटर रविन्द्र ढाँटलाई प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले हार्दिक बधाई ज्ञापन गरेका छन्।

अन्तर्राष्ट्रिय मञ्चमा नेपालको नाम उच्च बनाएको भन्दै प्रहरी प्रमुख कार्कीले ढाँटको सफल खेल यात्राको प्रशंसा गरे। साथै, आगामी खेलहरूमा थप सफलताको कामना गर्दै नेपाल प्रहरीको तर्फबाट आधिकारिक रूपमा शुभकामना व्यक्त गरेका छन्।

ढाँटको जितले नेपाली एमएमए क्षेत्रमा उत्साह छाएको छ। यूएफसीको बाटोतर्फ अग्रसर यो प्रतियोगितामा नेपाली फाइटरको प्रभावशाली प्रदर्शनले खेलप्रेमीहरूमा ठूलो आशा जगाएको छ।

प्रहरी प्रमुख कार्कीले भने, ‘रविन्द्र ढाँटले देखाएको मेहनत, अनुशासन र लगनशीलता अरू युवाका लागि प्रेरणाको स्रोत हो। आशा छ, उनी अर्को खेलमा पनि यसै गरेर सफलता हात पार्दै अन्तर्राष्ट्रिय स्तरमा देशको गौरव बढाउनेछन्।’

प्रतियोगिताको सेमिफाइनलमा ढाँटको प्रतिद्वन्द्वी तथा खेलको मिति भने तय भइसकेको छैन। यद्यपि, उनको यो जितले नेपाली एमएमएको भविष्य उज्ज्वल देखिएको विज्ञहरूले बताएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech