Surakshya Rastriya Dainik
सोमबार, २७ जुलाई २०२६
ट्रेण्डिङ

 

२२ जेठ २०८३, कोहलपुर – ‘प्लास्टिक प्रदूषण अन्य गरौं, हरियो भोलि सँगै बनाऔं’ भन्ने मूल नारासहित नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरले विश्व वातावरण दिवस–२०२६ धुमधामका साथ मनाएको छ। वातावरण संरक्षण र प्लाIस्टिकजन्य फोहोर व्यवस्थापनप्रति सचेतना फैलाउन कलेजले सरसफाइ कार्यक्रम, चेतनामूलक अन्तरक्रिया र वृक्षरोपण अभियान आयोजना गरेको थियो।

बिहानैदेखि कलेज परिसर, अस्पताल क्षेत्र र वरपरका सार्वजनिक स्थानहरूमा चिकित्साशास्त्रका विद्यार्थी, प्राध्यापक, चिकित्सक तथा कर्मचारीहरूको उल्लेखनीय सहभागितामा व्यापक सरसफाइ अभियान सञ्चालन गरियो। सहभागीहरूले प्लास्टिकका बोतल, थैला, कप, स्ट्र तथा अन्य गैर-जैविक फोहोरलाई छुट्टै सङ्कलन गरी व्यवस्थापन गरे।

अस्पतालका प्रशासन प्रमुख रामकृष्ण हमालले कार्यक्रममा भविष्यमा अस्पताल परिसरलाई ‘प्लास्टिक–फ्री जोन’ घोषणा गर्ने तयारी रहेको जानकारी दिए। उनले भने, “हामीले अहिलेदेखि नै एकल प्रयोग हुने प्लास्टिकको प्रयोग न्यूनीकरण गर्न आन्तरिक नीति बनाइसकेका छौं।”

उल्लेखनीय छ, यस वर्षको विश्व वातावरण दिवसको थिम ‘प्लास्टिक प्रदूषण समाधानः तुरुन्त कदम’ रहेको छ। नेपालगन्ज मेडिकल कलेजले यस थिमलाई आत्मसात गर्दै जनस्तरमा चेतना जगाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको स्थानीय बासिन्दाले बताए।

कार्यक्रमको समापनमा सहभागी सबैलाई हरियो बिरुवा वितरण गर्दै “एउटा रूख रोपी हेरौं, प्लास्टिक प्रदूषणबाट धरती जोगाऔं” भन्ने प्रतिबद्धता पनि गराइएको थियो। कलेजले आगामी दिनमा यस्ता अभियानलाई निरन्तरता दिँदै वातावरणमैत्री स्वास्थ्य सेवा विस्तार गर्ने जनाएको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech