Surakshya Rastriya Dainik
सोमबार, २७ जुलाई २०२६
ट्रेण्डिङ

०९ असार २०८३ दाङ ;– लुम्बिनी प्रदेश सभाको बैठक मंगलबारका लागि स्थगित गरिए पनि सत्तारुढ दलकै सांसदहरूको चर्को विरोधपछि संसद् अवरुद्ध भएको छ। आधा घण्टाका लागि स्थगित भनिएको बैठक लामो समयसम्म सञ्चालन हुन नसकेको राप्रपा सांसद मिनाकुमारी श्रेष्ठले जानकारी दिनुभयो ।

आजको बैठकमा सत्तापक्षकै माननीय भुनेस्वर चौधरी, माननीय ग्यासुदिन, माननीय अम्बिका काफ्ले, माननीय चन्द केश गुप्ता र माननीय भोज राज श्रेष्ठ लगायतका सांसदहरूले उठेर तीव्र विरोध जनाउनुभएको थियो । विरोधका कारण बैठकको कार्यसूची अघि बढ्न नसकेको स्रोतले बताएको छ ।

प्रदेश सभामा देखिएको यो अवरोधले सत्ता गठबन्धन भित्रै असन्तुष्टि बढेको संकेत गरेको छ । विगतमा पनि लुम्बिनी प्रदेश सभामा विभिन्न विषयमा विरोध हुने गरेको थियो । सांसदहरूले प्रायः शिक्षा, सुशासन, कृषि अनुदान, र महिला हिंसा नियन्त्रण जस्ता विषयमा प्रश्न उठाउने गरेका छन् ।

यसअघि पनि लुम्बिनी प्रदेश सभामा सभामुखको भूमिका र सांसद पदमुक्तिको विषयमा विवाद हुँदा बैठक अवरुद्ध भएको इतिहास छ । हालको अवरोध भने सत्तापक्षकै सांसदको असन्तुष्टिका कारण देखिएको छ, जसले प्रदेशको राजनीतिक समीकरणमा नयाँ जटिलता थपेको छ।

बैठक कहिलेसम्म सञ्चालन हुन्छ भन्ने विषयमा भने अन्योल कायमै छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech