Surakshya Rastriya Dainik
आइतबार, २६ जुलाई २०२६
ट्रेण्डिङ

०९ असार २०८३ रुकुम (पूर्वी भाग) ; – लागूऔषध दुरुपयोग तथा ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा इलाका प्रहरी कार्यालय चुनवाङ ले समुदायस्तरमा लागूऔषधविरुद्ध सचेतना अभिवृद्धि कार्यक्रम सम्पन्न गरेको छ।
समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत आयोजित कार्यक्रममा इलाका प्रहरी कार्यालय चुनवाङका प्रमुख प्रहरी निरीक्षक यामबहादुर बुढा मगर को अध्यक्षता रहेको थियो। कार्यक्रममा स्थानीय जनप्रतिनिधि, सरोकारवाला निकायका प्रतिनिधि तथा समुदायका सदस्यहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा लागूऔषध दुरुपयोगले व्यक्ति, परिवार र समाजमा पार्ने नकारात्मक प्रभाव, यसको रोकथामका उपाय तथा कानुनी व्यवस्थाबारे जानकारी प्रदान गरिएको थियो। साथै, युवापुस्तालाई लागूऔषधको कुलतबाट जोगाउन परिवार, विद्यालय र समुदायको भूमिका महत्त्वपूर्ण रहने विषयमा प्रशिक्षण दिइएको थियो।
प्रहरी निरीक्षक बुढा मगरले लागूऔषध नियन्त्रणका लागि प्रहरीको प्रयास मात्र पर्याप्त नहुने भन्दै समुदायको सक्रिय सहभागिता आवश्यक रहेको बताउनुभयो। उहाँले सामाजिक विकृति नियन्त्रणका लागि सबै पक्षबीच सहकार्य र सचेतना विस्तार गर्नुपर्नेमा जोड दिनुभयो।
सप्ताहव्यापी अभियानअन्तर्गत विद्यालयस्तरीय अन्तरक्रिया, अभिभावक सचेतना कार्यक्रम, र्याली तथा सामुदायिक छलफलसमेत सञ्चालन गरिएको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय चुनवाङले लागूऔषधमुक्त समाज निर्माणका लागि यस्ता जनचेतनामूलक कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech