Friday, October 30, 2026

२९ चैत २०८२ बाँके ;- सरकारले जारी गरेका नियमहरू उल्लंघन गर्ने तर कारबाही नहुने अवस्थाप्रति नागरिकमा व्यापक आक्रोश देखिएको छ।

नियम तोड्दा किन कारबाही हुँदैन भन्ने प्रश्न उठेको छ भने अभिभावकको सहमतिलाई आधार बनाएर सरकारी नियम तोड्न पाइने कि नपाइने भन्ने बहस पनि सुरु भएको छ।कानुन तथा नियमावलीले कुनै पनि व्यक्तिलाई अभिभावकको सहमति छ भन्दैमा सार्वजनिक नियम उल्लंघन गर्ने छुट दिँदैन।

विज्ञहरूका अनुसार अभिभावकको सहमति निजी निर्णयको विषय हो, तर सरकारले जारी गरेको अनिवार्य नियम सबैका लागि समान रूपमा लागू हुन्छ।अर्को महत्त्वपूर्ण प्रश्न उठेको छ – शिक्षा सेवा हो कि व्यापार? बढ्दो निजी लगानी र महँगो शुल्कका कारण शिक्षा व्यापारीकरणतर्फ उन्मुख देखिएको छ।

विज्ञहरू शिक्षालाई सेवाका रूपमा हेर्नुपर्नेमा जोड दिन्छन्। सरकारी तथा निजी विद्यालयहरूले( कोचिङ/ ट्युसन) का नाममा नाफा कमाउने उद्देश्यलाई नागरिकले शैक्षिक मापदण्डअनुसार होकि भनेर त्यस्ता बिषयहरुमा सम्झौता महसुस गर्दा गुणस्तरमा प्रश्नचिह्न लागेको छ। नागरिकको साझा माग छ – नियम तोड्नेलाई जो कोही भए पनि कारबाही गर्नुपर्छ, अभिभावकको सहमति देखाएर नियम उल्लंघनलाई जायज ठहराउन नपाइने, र शिक्षालाई व्यापार नभई सेवाका रूपमा पुनः स्थापित गर्नुपर्छ।

सरोकारवाला निकायले यी विषयमा ठोस जवाफ दिनुपर्ने माग बढ्दो छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
न