Surakshya Rastriya Dainik
बुधबार, १६ सेप्टेम्बर २०२६
ट्रेण्डिङ

काठमाडौं । काठमाडौंको बानेश्वरबाट अनलाइन सट्टेबाजी तथा अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी) कारोबारमा संलग्न रहेको आरोपमा तीन जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार काठमाडौं महानगरपालिका–१०, बानेश्वरस्थित क्षेत्रमा साउन २१ गते राति करिब ९ बजे प्रहरी टोलीले शंकास्पद अवस्थामा उनीहरूलाई चेकजाँच गरेको थियो। सो क्रममा उनीहरू अनलाइन सट्टेबाजी तथा अभौतिक मुद्राको कारोबारमा संलग्न रहेको खुलेपछि प्रहरीले नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार पक्राउ परेकाहरूले 1xBet Application मार्फत सट्टेबाजी गर्ने तथा गराउने गरेको पाइएको छ। उनीहरूले उक्त माध्यमबाट २ लाख ६ हजार रुपैयाँभन्दा बढीको कारोबार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

त्यसैगरी, उनीहरूले USDT लगायतका अभौतिक मुद्रा (Crypto Currency) ७९ हजार ६८.६५ USDT कारोबार गरेको पाइएको छ। उक्त रकम नेपाली रुपैयाँमा करिब १ करोड २० लाख ५१ हजार ८८१ रुपैयाँ १० पैसा बराबर रहेको प्रहरीले जनाएको छ।

प्रहरीले उनीहरूको साथबाट १ हजार ५०१.३२ USDT, अर्थात् नेपाली रुपैयाँमा करिब २ लाख २८ हजार ८३५ रुपैयाँ ७० पैसा बराबरको मौज्दातसमेत फेला पारेको जनाएको छ।

पक्राउ पर्नेमा कपिलवस्तुको वाणगंगा नगरपालिका–६ घर भई हाल काठमाडौं महानगरपालिका–१०, बानेश्वर बस्ने ३० वर्षीय नबिन पौडेल, सोही स्थानका १९ वर्षीय राहुल वेल्वासे र २८ वर्षीय रविन वेल्वासे रहेका छन्।

प्रहरीले उनीहरूको साथबाट पाँच थान मोबाइल फोन समेत बरामद गरेको छ।

पक्राउ परेकाहरूविरुद्ध सट्टेबाजी गर्न, गराउन नहुने तथा अभौतिक मुद्राको कारोबार गर्न नहुनेसम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिइएको छ।

उनीहरूमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech