कोहलपुर, बाँके — शिक्षा सुधारको माग गर्दै मुलुकभर आह्वान गरिएको शैक्षिक हड्तालको प्रभाव देशै भर रहेका शैक्षिक क्षेत्रमा देखिएको छ। हड्तालको क्रममा आज बिहान ललितपुर स्थित युलेन्स स्कुल र तक्षशिला एकेडेमीका स्कुल भ्यानहरूमा तोडफोड भएको हो।
यी दुवै शैक्षिक संस्थालाई निजीकरणको प्रतीकको रूपमा लिइएको देखिन्छ। युलेन्स स्कुलमा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको समेत लगानी रहेको खुलेको छ।


शैक्षिक हड्तालको नेतृत्व गरिरहेको नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी) विद्यार्थी संगठनले “जनपक्षीय शिक्षा ऐन जारी गर” भन्ने मागसहित देशव्यापी हड्तालको घोषणा गरेको थियो। हड्तालको अवज्ञा गर्दै स्कुल संचालन गरिएको आरोप लगाउँदै कार्यकर्ताहरूले स्कुल गाडीहरूमा ढुंगामुढा गरी क्षति पुर्याएका छन्।
📣 के भयो घटनास्थलमा?
स्थानीय स्रोतका अनुसार, बिहानै स्कुल गाडीहरु विद्यार्थी लिन निस्किएपछि विद्यार्थी संगठनका कार्यकर्ताहरूले सम्झाउने प्रयास गरेका थिए।
तर गाडी नफर्काइएपछि उनीहरूले तोडफोड गर्न बाध्य भएको बताए।
एक जना विद्यार्थी नेताले नाम नखुलाउने सर्तमा भने – “हामीले शान्तिपूर्ण रुपमा अवज्ञा नगर्न आग्रह गरेका थियौं। तर जब सुन्दै नसुनेपछि, हामीले जनदबाब देखाउनु पर्यो।”
🏫 शिक्षा र आन्दोलन : के कता जान खोज्दैछ?
शिक्षा आम नागरिकको पहुँचमा रहोस्, गुणस्तरीय र वैज्ञानिक बनोस् भन्ने माग राख्दै विद्यार्थी संगठनहरूले लामो समयदेखि दबाब कार्यक्रम गर्दै आएका छन्।





