Surakshya Rastriya Dainik
मंगलबार, २८ जुलाई २०२६
ट्रेण्डिङ

बाँके – बाँके जिल्लाको बैजनाथ गाउँपालिका–२, मकैबारीमा एउटा हृदयविदारक घटना सार्वजनिक भएको छ। एक छोराले आफ्नै बाबुको ज्यान लिएको खबरले स्थानीय बासिन्दा मात्र होइन, सम्पूर्ण समाजलाई नै स्तब्ध बनाएको छ।

घटना असार २१ गते बेलुका करिब साढे सात बजे घटेको हो। ६० वर्षीय टोपबहादुर रोकायाको आफ्नै घरमा ज्यान गएको थियो। घटना सुरु भएको थियो सामान्य देखिने टेलिभिजन हेर्ने विवादबाट। तर, त्यो विवाद यति चरममा पुग्यो कि उनका छोरा, ३२ वर्षीय भबिलाल रोकाया (जो भुपेन्द्र नामले पनि चिनिन्थे),ले आवेगमा आएर आफ्नै बाबुलाई काठको दाउरा र धारिलो हतियारले टाउको तथा निधारमा हाने। टोपबहादुरको घटनास्थलमै मृत्यु भयो।

हत्या गरेपछि भुपेन्द्र भागेर फरार भएका थिए। प्रहरी र सुरक्षाकर्मीले उनको व्यापक खोजी थालेका थिए। अन्ततः साउन ४ गते दिउँसो करिब २ बजे, उनी आफ्नै गाउँ मकैबारीमै लुकीछिपी बसेको अवस्थामा फेला परे। प्रहरीले उनलाई तत्काल नियन्त्रणमा लियो र अहिले कर्तव्य ज्यान मुद्दामा आवश्यक अनुसन्धान भइरहेको जानकारी दिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech