Surakshya Rastriya Dainik
सोमबार, २७ जुलाई २०२६
ट्रेण्डिङ

 

कोहलपुर, बाँके | कोहलपुर नगरपालिकाले आन्तरिक पर्यटकहरूलाई आकर्षित गर्नका लागि विभिन्न प्रयासहरू थालेको छ। भौतिक पूर्वाधारको विकासदेखि सांस्कृतिक तथा ऐतिहासिक सम्पदाको संरक्षणसम्म नगरपालिकाले व्यापक कार्यक्रमहरू अघि सारेको छ।

नगरको केन्द्रमै निर्माण गरिएको भ्यू टावर हाल सबैको आकर्षणको केन्द्र बनेको छ। यो टावरबाट कोहलपुर तथा वरपरका रमणीय दृश्यहरूको अवलोकन गर्न सकिन्छ। अवलोकनकर्ताहरूका लागि प्रतिव्यक्ति रु. ७५ को टिकट व्यवस्था गरिएको छ। सुरक्षा सुनिश्चित गर्न २४ घण्टा नगर प्रहरी (नगर प्रहरी ड्युटी) समेत व्यवस्था गरिएको छ।

नगरका प्रमुख स्थानहरूमा रङ्ग रोगन, पेन्टिङ तथा मूर्तिहरू स्थापना भईरहेका छन्। राष्ट्रिय विभूति, राष्ट्रिय प्रतीकहरू र स्थानिय सम्पदालाई मूर्तिरूप दिइँदैछ जसले नगरको सांस्कृतिक गौरवलाई झल्काउने विश्वास गरिएको छ।

नगरपालिकाले ट्राफिक सिग्नलहरू राखेर सवारी व्यवस्थापनमा सुधार ल्याउने काम पनि अघि बढाएको छ। साथै, कोहलपुर नजिकैको बाँके राष्ट्रिय निकुञ्जलाई प्रवर्द्धन गर्ने उद्देश्यले बाघ, हात्ती लगायत वन्यजन्तुहरूको आकर्षक मूर्तिहरू निर्माणको काम सम्पन्न गरेको छ।

बालबालिका तथा सर्वसाधारणका लागि चिल्ड्रेन पार्क, खुल्ला जिम तथा व्यायामका लागि खुला मैदानहरू निर्माणाधीन अवस्थामा छन्। नगरले जनस्वास्थ्य, मनोरञ्जन र समुदायबीचको आपसी सम्वन्ध बलियो बनाउन यस्ता स्थानहरूको विकासमा जोड दिएको छ।

कोहलपुर नगरपालिकाका अनुसार, यी सबै पहलहरूले नगरलाई आन्तरिक पर्यटनको हब बनाउने र स्थानिय अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech