Surakshya Rastriya Dainik
मंगलबार, २८ जुलाई २०२६
ट्रेण्डिङ

काठमाडौँ— नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४७औँ स्मृति दिवसको अवसरमा मंगलबार काठमाडौँमा आयोजित कार्यक्रम केही समयका लागि राजनीतिक आरोप–प्रत्यारोपको केन्द्र बनेको छ। कार्यक्रममा बोल्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले देशको राजनीतिक अस्थिरता र गहिरिँदो भ्रष्टीकरणको मूल जिम्मेवार माओवादी पार्टी रहेको ठोकुवा गरे।

“नेपालको राजनीति अस्थिर हुनुमा, मूल्य–मान्यता हराउनुमा र भ्रष्टीकरण संस्थागत हुनुमा कम्युनिस्टहरूको पनि दोष छ, तर मुख्य दोष माओवादीको हो,” विप्लवले भने, “मैले प्रचण्डलाई नै भनेको छु— बलिदानी दिनेहरू अपमानित छन्, सपना देखाउनेहरू धन कमाइरहेका छन्। यसमा सबैभन्दा बढी दोष माओवादी नेतृत्वको हो।”

उनको भनाइमा, अहिलेको अवस्था केवल परिस्थिति या जनताका कारण नभई पार्टी नेतृत्वको गलत निर्णय र सिद्धान्तभन्दा टाढिएको व्यवहारका कारण हो।

“२०५७ सालका कम्युन कहाँ हराए? बैंकका पैसा कता गए? अस्पतालहरू कता गए?” भन्दै उनले तीव्र प्रश्न उठाए, “हामीले आफ्ना आदर्शहरू छोडेर अरूलाई दोष दिएर उम्कन सक्दैनौं।”

कार्यक्रममा उनले कम्युनिस्ट आन्दोलनको मूल उद्देश्य जनसेवा र परिवर्तन भएको स्मरण गराउँदै, अहिले त्यो बाटो छाडेर सत्ताको खेलमा रुमल्लिएकोप्रति खेद व्यक्त गरे।

विप्लवका यस्ता भनाइहरूले फेरि एकपटक देशको कम्युनिस्ट राजनीतिभित्र गम्भीर बहस जन्माउने सम्भावना देखिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech