ट्रेण्डिङ

ताजा अपडेट

 

नुवाकोट — नुवाकोट प्रहरीले दुप्चेश्वर गाउँपालिकाबाट एक हजार दरका ९३ थान नक्कली नोटसहित दुई जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) विक्रम लामाका अनुसार, ६ जना किशोरहरूले नक्कली नोट लिएर हिँडेको भन्ने सूचनाका आधारमा खटिएको टोलीले प्रारम्भिक अनुसन्धानपछि सो प्रकरणमा संलग्न दुई व्यक्तिलाई नियन्त्रणमा लिएको हो।

दुप्चेश्वर गाउँपालिका–६ को रामती बजारमा मंगलबार किनमेल गर्न आएका बालकहरूको साथबाट ६९ थान नक्कली नोट फेला परेपछि अनुसन्धान सुरु गरिएको थियो। अनुसन्धानकै क्रममा थप संलग्नता देखिएपछि बिहीबार दुई जना पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा दुप्चेश्वर–७ निवासी ४२ वर्षीय नरबहादुर तामाङ र ४८ वर्षीय भीमबहादुर तामाङ रहेका छन्। डीएसपी लामाका अनुसार, उनीहरूले आफैं नक्कली नोट बनाएर बालबालिकाको प्रयोग गरी ती नोट बजारमा चलनचल्तीमा ल्याउने प्रयास गर्दै आएका थिए।

पक्राउ परेकाहरूको घरमा गरिएको खोजतलासमा थप २४ थान नक्कली नोट बरामद गरिएको छ। साथै, नक्कली नोट उत्पादन र वितरण कार्यमा संलग्न अन्य व्यक्तिहरूको खोजी तथा प्रयोग भएका उपकरण पत्ता लगाउने प्रयास जारी रहेको प्रहरीले जनाएको छ।

प्रहरीले ‘खोटा मुद्रासम्बन्धी कसूर’ अन्तर्गत अनुसन्धान गर्न जिल्ला अदालत नुवाकोटबाट सात दिनको म्याद लिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech