Surakshya Rastriya Dainik
बुधबार, १६ सेप्टेम्बर २०२६
ट्रेण्डिङ

सल्यान—जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) डा. हेम बहादुर केसी पछिल्ला दिनहरूमा सामाजिक सञ्जालमा निकै चर्चामा छन्। केही दिनअघि नागरिक सुनुवाइ तथा परिचयात्मक कार्यक्रममा उनले जनतालाई सम्बोधन गर्दै बोलेका शब्दहरू अहिले हजारौँले मन पराएका छन्, सेयर गरिरहेका छन् र भावुक समेत भएका छन्।

कार्यक्रममा डा. केसीले बोले, “म जनताको कर खाएर रोजगारीमा छु, म जनताको नोकर हुँ। सेवा गर्न आएको हुँ।”
उनको यही शब्दले धेरैको मन छोएको छ। प्रहरीको सामान्य परिचय दिने कार्यक्रममा यति सरल र आत्मीय भाषामा डा. केसीले बोलेका कुरा जनताले आफ्नो आवाज जस्तै अनुभूति गरेका छन्।

३ दिनमै प्रहरीको सक्रियतामा १० किलोमिटर सडक
कार्यक्रममा उनले प्रहरी परिचालन गरेर तीन दिनमै १० किलोमिटर सडक निर्माण गरेको जानकारी पनि दिए।
“मैले आफ्नै कमाण्डमा ५० जना प्रहरी परिचालन गरेर सडक बनाइरहेको छु,” उनले भने। उनका अनुसार अबको लक्ष्य २५ किलोमिटर सडक निर्माण गर्ने रहेको छ।

“झुपडी भत्किए नेपाल प्रहरी सम्झनुहोस्”
गरिब जनताको अवस्था देख्दा आफू चुप बस्न नसक्ने भन्दै उनले भावुक ढंगमा भने, “यदि कोहीसँग घर छैन, झुपडी भत्किन लागेको छ भने नेपाल प्रहरीलाई सम्झनुहोस्। दुईवटा गाडी प्रहरी लिएर सात दिनभित्र बनाइदिन्छु।”

“देशमा सबैभन्दा ठूलो जनता हुन्”
डा. केसीले पद, ओहोदा, र सत्ताभन्दा माथि जनता भएको कुरामा पनि जोड दिए। “देशमा प्रधानमन्त्री पनि छैन, राष्ट्रपति पनि छैन, सबैभन्दा ठूलो यदि कोही छन् भने त्यो जनता हुन्,” भन्दै उनले जनताको सम्मान नै आफ्नो धर्म भएको बताए।

मानवीयता र सेवामुखी सोचको परिचय
उनको भाषणले प्रहरीप्रति जनताको धारणा सकारात्मक बनाउने प्रयास देखिन्छ। प्रहरी बललाई केवल कानुनी कार्यान्वयन गर्ने निकाय मात्र नभई सेवा र समर्पणको संस्था हो भन्ने सन्देश दिन खोजिएको स्पष्ट देखिन्छ।

डा. हेम बहादुर केसीको यस्तो व्यवहार र भनाइले अहिले हजारौँ नेपालीलाई आशा, प्रेरणा र विश्वास दिएको छ – कि अझै पनि प्रहरीभित्र जनताको दुःख बुझ्ने र साथ दिने नेतृत्व छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech