Surakshya Rastriya Dainik
सोमबार, १४ सेप्टेम्बर २०२६
ट्रेण्डिङ

 

चितवन —साउन १० हिजो चितवन प्रहरीले अवैधानिक रूपमा भारततर्फ लैजान लागिएको ६७१ किलो गाँजा बरामद गरेको छ। राप्ती नगरपालिका–१ स्थित लोथर पुल नजिकैबाट बरामद गरिएको उक्त गाँजा विशेष रूपमा तयार पारिएको ट्रकको फल्स बटन (कृत्रिम छानो) भित्र लुकाइएको अवस्थामा फेला परेको हो।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी गोविन्द पुरीका अनुसार भारततर्फ लागिरहेको अवस्थामा प्रहरीले उक्त ट्रकलाई रोकेर चेकजाँच गर्दा गाँजा लुकाइएको अवस्थामा भेटिएको हो।

यूपी ८२ टी ३९२१ नम्बरको भारतीय ट्रकको अगाडिको सिटमाथि कृत्रिम छानो बनाएर त्यसमा समान प्रकारका ४३ वटा प्याकेटमा गाँजा राखिएको थियो। ट्रकसहित प्रहरीले भारतको पूर्वी चम्पारण जिल्लाको तुर्कालिया निवासी ३७ वर्षीय चालक शेख सविल अख्तरलाई नियन्त्रणमा लिएको छ। घटनास्थलबाट एक थान मोबाइल फोन समेत बरामद गरिएको छ।

प्रहरीका अनुसार यो गाँजा भारत लैजान लागिएको थियो र यसमा सम्भावित संगठित गिरोहको संलग्नता हुन सक्ने आशंका गरिएको छ। घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech