ट्रेण्डिङ

ताजा अपडेट

काठमाडौं — त्रिभुवन विश्वविद्यालय (त्रिवि) केन्द्रीय विभागमा गाभिएका कार्यक्रमको शुल्क घटाउन माग गर्दै अखिल (क्रान्तिकारी)का विद्यार्थीले १९ दिनदेखि विश्वविद्यालयको मुख्य ढोकामा धर्ना दिइरहेका छन्। सोमबार अपरान्ह करिब साढे ४ बजे धर्नामा रहेका विद्यार्थी र प्रहरीबीच झडप भएको छ।

अखिल (क्रान्तिकारी)का अनुसार विद्यार्थीहरूले त्रिविका रेक्टरको कार्यालयमा प्रवेश गर्ने प्रयास गर्दा प्रहरीले रोक्न खोजेपछि स्थिति तनावपूर्ण बन्दै झडपमा परिणत भएको हो।

झडपका क्रममा अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य तथा त्रिवि जिल्ला इञ्चार्ज ममता जोशी, जिल्ला सचिव सुरक्षा पहारी र आरआर क्याम्पस उपाध्यक्ष सुशिल नेपाली घाइते भएका छन्। उनीहरूको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको उपाध्यक्ष दिपा जैशीले बताइन्।

उनका अनुसार विद्यार्थीहरू शान्तिपूर्ण धर्नामा रहेका बेला प्रहरीले ‘दमन’ गरेपछि स्थिति बिग्रिएको हो।

झडपपछि अखिल (क्रान्तिकारी)का उपाध्यक्ष अटल आचार्य, उपमहासचिव एवम् उपत्यका प्रदेश इन्चार्ज निरोज श्रेष्ठ, संगठनका सचिव युन्छोहाङ माबो लिम्बु, जितेन्द्र भण्डारी, केन्द्रीय सदस्य उमेश सेन्चुरी, त्रिवि क्याम्पस जिल्ला अध्यक्ष प्रदिप भण्डारी, कार्यवाहक अध्यक्ष शिबराज भट्ट, प्रविन दाहाल, आन्दोलन संयोजक मनिष चौलागाईसहित एक दर्जन विद्यार्थी नेतालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

उनीहरूलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी परिसरमा राखिएको बताइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech