ट्रेण्डिङ

ताजा अपडेट

 

रुपन्देही — सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट मझगावामा कार्यरत जवान याम बहादुर खत्री घुससहित पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बुटवलको टोलीले शुक्रबार कोटहीमाई गाउँपालिका–५ मा खत्रीलाई सेवाग्राहीसँग १५ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको हो।

आयोगका अनुसार खत्रीले भारतबाट भन्सार छली अवैधरुपमा कपडा र किराना सामान ल्याउन सहयोग गरिदिने भन्दै घुस मागेका थिए। उजुरीका आधारमा खटिएको टोलीले रंगेहात पक्राउ गरेको जनाएको छ।

हाल खत्रीमाथि थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech