Surakshya Rastriya Dainik
बिहीबार, १३ अगस्ट २०२६
ट्रेण्डिङ

भक्तपुर — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुरका प्रमुख मालपोत अधिकृत कुमार आचार्य र कार्यालय सहयोगी टिकाराम राउतविरुद्ध २४ लाख ५० हजार रुपैयाँ घुस प्रकरणमा विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ।

अख्तियारका अनुसार, चाँगुनारायण नगरपालिका–५ मा रहेको १४ रोपनी ४ आना क्षेत्रफलको जग्गा मोहीको नाममा दर्ता प्रमाण–पूर्जा बनाउनका लागि सेवाग्राहीसँग सो रकम घुस मागिएको थियो।
जग्गा बाँडफाँड तथा नामसारीका लागि सहजता प्रदान गर्ने बहानामा आचार्य र राउतले मिलेमतो गरी रकम लिएको प्रमाण फेला परेको आयोगले जनाएको छ।

अख्तियारको टोलीले मालपोत कार्यालय परिसरमै पुगेर दुवै जनालाई मोबाइल डिभाइससहित र नगद रकम नियन्त्रणमा लिएको थियो।

दुवै प्रतिवादीमाथि भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार कैद र जरिवाना सजायको मागदाबी गर्दै बिगो कायम गरी मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech