ट्रेण्डिङ

ताजा अपडेट

 

बाँके — बाँके, नेपालगञ्ज उपमहानगरपालिका–१४ उदयपुर निवासी २८ वर्षीय रमेश लोनियालाई प्रहरीले अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने १५ ग्राम ५ सय मिलिग्रामसहित पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय बाँके र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगञ्जबाट खटिएको टोलीले मंगलबार राति लोनीयाको घर तलासी गर्दा उक्त पदार्थसहित नेपाली र भारतीय मुद्रा गरी नगद रु. २२ लाख ३ हजार ९ सय १५, सुन–चाँदीका गरगहना, पाँच थान खुकुरी, दुई थान मोटरसाइकल, १० थान मोबाइल फोन लगायतका सामग्री बरामद गरेको प्रहरीले जनाएको छ।

घटनामा संलग्न रहेको आशंकामा थप ४ जनालाई समेत अनुसन्धानका लागि नियन्त्रणमा लिइएको छ।

प्रहरीका अनुसार बरामद भएको लागूऔषध र सम्पूर्ण सामग्री माथि अनुसन्धान भैरहेको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech