ट्रेण्डिङ

 

कोहलपुर, बाँके । बाँकेको कोहलपुरमा महिला स्वास्थ्य सेवालाई लक्षित गर्दै १५ शैयाको एच एण्ड एच हस्पिटल आजदेखि औपचारिक रूपमा सेवा संचालनमा आएको छ।

यस अस्पतालको नेतृत्व यसक्षेत्रकी चर्चित प्रसूति तथा महिला रोग विशेषज्ञ डा. दुर्गा विसीले गरिरहेकी छन्। उनका अनुसार अस्पतालले महिलामात्र नभई सबै प्रकारका स्वास्थ्य सेवामा सहज, सरल र गुणस्तरीय उपचार उपलब्ध गराउने उद्देश्य राखेको छ।

“हाम्रो मुख्य लक्ष्य महिलालाई स्वास्थ्य सेवाको सहज पहुँचमा ल्याउनु हो। तर, अन्य स्वास्थ्य सेवाहरु पनि सम्पूर्ण नागरिकका लागि उपलब्ध हुनेछ,” डा. विसीले बताइन्।

२४ सैं घण्टा इमरजेन्सी सेवासहित यहाँ ओपिडी, आइसीयू, एनआइसीयू, एचडियू, कम्प्रेहेन्सिभ मेटर्निटी केयर, मोर्डन अपरेशन थिएटर र आफ्नै फार्मेसी जस्ता सुविधा सुरु गरिएको छ।

अस्पतालमा डा. विसीसँगै युरोलोजिष्ट डा. नरेशमान श्रेष्ठ, अर्थोपेडिक सर्जन डा. प्रतिक कार्की, ग्याष्ट्रोइन्टेरोलोजी सर्जन डा. प्रदिप थापा, बालरोग विशेषज्ञ डा. विवेक शाह र डा. सन्जय रिसाल लगायतका चिकित्सकले सेवा दिने भएका छन्।

कोहलपुर नगरपालिका–११ मा स्थापना भएको यस अत्याधुनिक अस्पताल सञ्चालनमा आएपछि स्थानीय नागरिकले गुणस्तरीय उपचार सेवा सहज रूपमा पाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech