Surakshya Rastriya Dainik
बिहीबार, १३ अगस्ट २०२६
ट्रेण्डिङ

 

नेपालगञ्ज — लागू औषध नियन्त्रण ब्यूरो, शाखा कार्यालय नेपालगञ्जमा कार्यरत प्रहरी सहायक निरीक्षक (Asi) नविन कुमार शाहीलाई २०८२ साल श्रावण महिनाको ‘महिनाको उत्कृष्ट प्रहरी (Best Police of the Month)’ घोषणा गरिएको छ।

ब्यूरोका अनुसार शाहीले आफ्नो जिम्मेवारीलाई व्यावसायिकता र इमान्दारीपूर्वक निर्वाह गर्दै उल्लेखनीय सफलता हात पारेका छन्। उनको नेतृत्वमा विभिन्न मितिहरूमा ७२० ग्राम ६२ मिलिग्राम खैरो हेरोइन, ११३ किलो ६०४ ग्राम गाँजा, १९ किलो ३२५ ग्राम अफिम र ६०० ट्याब्लेट ट्रामाडोल बरामद गरिएको थियो।

त्यस्तै, लागू औषध कारोबार तथा सेवनमा संलग्न २२ जनालाई नियन्त्रणमा लिन समेत उनी सफल भएका छन्।

प्रहरी संगठनका मूल्य, मान्यता र आदेशको पालना गर्दै उच्च व्यावसायिक आचरणसहित कर्तव्य पालनामा देखाएको समर्पणलाई कदर गर्दै शाहीलाई महिनाको उत्कृष्ट प्रहरी घोषित गरिएको ब्यूरोले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech