Surakshya Rastriya Dainik
सोमबार, २४ अगस्ट २०२६
ट्रेण्डिङ

नेपालगञ्ज –मोहन वैद्य किरण नेतृत्वकोे क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले शैक्षिक परामर्श केन्द्रहरूले विद्यार्थीलाई शोषण गर्ने, गलत मार्गनिर्देशन दिने र शिक्षालाई नाफामुखी व्यापारिक क्रियाकलापमा रूपान्तरण गर्ने प्रवृत्तिविरुद्ध कडा आपत्ति जनाएको छ। संगठनले यस्ता गतिविधि नियन्त्रण गर्न सरकारले तत्काल प्रभावकारी कदम चाल्नुपर्ने भन्दै चेतावनी दिएको हो।

संगठनले जारी गरेको विज्ञप्तिमा शिक्षालाई ज्ञान, अनुसन्धान र नवप्रवर्तनको माध्यमका रूपमा अघि बढाउनुपर्नेमा नेपालमा शिक्षालाई व्यावसायिक लोभमा प्रयोग गर्ने प्रवृत्ति मौलाइरहेको उल्लेख गरिएको छ। शैक्षिक परामर्श संस्थाहरूले मनपरी शुल्क असुल्ने, विदेश पठाइएका विद्यार्थीहरूको विवरण नियमित रूपमा अद्यावधिक नगर्ने, अभिभावकसँग पारदर्शी सम्झौता नगर्ने, भ्रामक प्रचार गर्ने तथा कानुनी प्रावधानअनुरूप तालिम र प्रमाणपत्र नलिई अध्यापन गराउने कार्यहरू भइरहेको भन्दै संगठनले कडा आलोचना गरेको छ।

त्यस्तै, शिक्षा मन्त्रालयले नियमित अनुगमन नगरेको र अनुगमनमा कमजोरी देखिएकै कारण धेरै संस्थाहरूले नियमविपरीत कार्य गर्न सहज भएको भन्दै तत्काल निगरानी र कारबाहीको माग गरिएको छ। साथै, अनुमति प्राप्त स्थानभन्दा बाहिर शाखा सञ्चालन गर्ने, दर्ता नम्बर नखुलाई विज्ञापन गर्ने तथा सेवासम्बन्धी प्रक्रिया र लागत स्पष्ट पार्न ढिलासुस्ती गर्ने संस्थाहरूको अनुमति खारेज गर्नुपर्ने चेतावनी संगठनले दिएको छ।

संगठनले माग पूरा नभए कानूनी र संवैधानिक माध्यमबाट सशक्त आन्दोलनका कार्यक्रमहरू सञ्चालन गर्न बाध्य हुने स्पष्ट चेतावनी दिएको छ। विज्ञप्तिमा भनिएको छ, “यदि अब पनि सम्बद्ध निकायले हाम्रा मागहरू पूरा नगरे भने आन्दोलन अपरिहार्य हुनेछ र त्यसबाट हुने सम्पूर्ण जिम्मेवारी सम्बन्धित निकाय स्वयंले लिनुपर्नेछ।”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech