सुर्खेत ।
लोकसेवा आयोग सुर्खेत कार्यालयमा सञ्चालन भइरहेको सञ्चार/इन्जिनियर प्राविधिक प्रहरी जवान परीक्षामा नक्कली परीक्षार्थी प्रवेश गरेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।


जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार, आज बिहान करिब ९:३० बजे बिरेन्द्रनगर नगरपालिका–७ स्थित परीक्षा केन्द्रमा छानबिन गर्ने क्रममा उनीहरू पक्राउ परेका हुन्।
प्रहरीका अनुसार, जाजरकोट छेडागाड नगरपालिका–१२ का धर्मराज चनराको नाममा परीक्षा दिन आएका श्याम शंकर सिंह (२५), र दैलेख भगवतीमाई गाउँपालिका–५ का सुशील शाहीको नाममा परीक्षा दिन आएका भरत तिरुवा (२०) लाई नियन्त्रणमा लिइएको हो। उनीहरूले अरूको नागरिकता र प्रवेशपत्रमा फोटो परिवर्तन गरी हस्ताक्षर मिलाएर परीक्षा दिन खोजेको प्रहरीको भनाइ छ।





