Surakshya Rastriya Dainik
सोमबार, २४ अगस्ट २०२६
ट्रेण्डिङ

 

काठमाडौं । राजधानीको सुन्धारास्थित सिभिल मलबाट प्रहरीले नक्कली पेस्तोलसहित एक युवकलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार पक्राउ परेका व्यक्ति काभ्रेको रोशी गाउँपालिका घर भई हाल काठमाडौं बस्ने ३१ वर्षीय सुरज मगर हुन्। उनी सिभिल मलको पाँचौं तलामा रहेको द टोय स्टोर बाट पक्राउ परेका हुन्।

प्रहरी वृत्त जनसेवाको टोलीले पक्राउ गरेका सुरजसँग प्रहरीले प्रयोग गर्ने अटोमेटिक पेस्तोलसँग मिल्दोजुल्दो देखिने ६ थान नक्कली पेस्तोल बरामद गरेको जनाएको छ। बरामद पेस्तोल नक्कली भए पनि तौल वास्तविक पेस्तोलसँग मिल्दोजुल्दो रहेको प्रहरीले जनाएको छ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा सुरजले ती नक्कली पेस्तोल प्रति थान रु ५०१ मा खरिद गरी १४ हजारदेखि १९ हजार रुपैयाँसम्ममा बिक्री गर्ने गरेको तथ्य फेला परेको छ।

नक्कली हतियार आयात तथा बिक्री गरेको आरोपमा उनलाई बिहीवार पक्राउ गरी ठगी तथा अभद्र व्यवहारसम्बन्धी मुद्दामा ५ दिनको म्याद लिएर थप अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech