ट्रेण्डिङ

चितवन — चितवनको भरतपुर महानगरपालिका–१, भृकुटीपथबाट प्रहरीले सुनजस्तो देखिने धातु र ठूलो परिमाणको नगदसहित दुई जनालाई नियन्त्रणमा लिएको छ।

मिति २०८२ भदौ ६ गते जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको टोलीले बा १५ च ६९२ नम्बरको कार जाँच गर्ने क्रममा १४५.६ ग्राम सुनजस्तो देखिने पहेँलो धातु र स्रोत नखुलेको ९ लाख नेपाली रुपैयाँ फेला पारेको हो।

प्रहरीका अनुसार पक्राउ पर्नेमा भरतपुर–२ बस्ने ४३ वर्षीय टक बहादुर बिक र भारत महाराष्ट्र साङ्ली घर भई हाल भरतपुर–२ बस्ने २५ वर्षीय आकाश कदम (उर्फ विजय घोष) रहेका छन्।

उनीहरूलाई पक्राउ गरी कारसहित आवश्यक अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी रविन्द्र खनालले जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech