Surakshya Rastriya Dainik
सोमबार, २४ अगस्ट २०२६
ट्रेण्डिङ

 

कोहलपुर — सामाजिक अभियन्ता भूम भण्डारीले भारत र चीनबीच भएको लिपुलेक सम्झौताको विरोध गर्दै कोहलपुर गोलपारस्थित भ्युटावरमा मौन धर्ना दिएका छन्।

भण्डारीले मुखमा टेप लगाएर करिब एक घण्टा मौन धर्ना बसेका हुन्। उनले लिम्पियाधुरा, लिपुलेक र कालापानीजस्ता नेपाली भूभाग समेटिने गरी भारत–चीनले द्रुत व्यापारिक मार्ग बनाउन गरेको सहमतिले नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डतामाथि गम्भीर प्रहार गरेको बताएका छन्।

सम्झौता खारेज गर्न र सीमा विवाद समाधानका लागि सरकारले स्पष्ट र कूटनीतिक कदम चाल्नुपर्ने भन्दै भण्डारीले दवावमूलक प्रतिवाद गरेका हुन्। उनले चेतावनी दिँदै भने, “यदि सरकारले ठोस पहल नगरेमा आन्दोलन चर्काउन बाध्य हुनेछु।”

भण्डारीले स्वाभिमान, स्वतन्त्रता र भौगोलिक अखण्डता जोगाउन सबै नागरिकलाई जागरुक रहन आह्वान गरेका छन्। साथै उनले राष्ट्रिय राजनीतिक सहमति र अन्तर्राष्ट्रिय कूटनीतिक पहलमार्फत मात्र समस्याको स्थायी समाधान सम्भव हुनेमा जोड दिएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech