Surakshya Rastriya Dainik
सोमबार, २४ अगस्ट २०२६
ट्रेण्डिङ

 

दाङ— दाङ तुल्सीपुर–दंगीसरन घर भई करिब ६–७ वर्षदेखि मलेसियामा मजदुरी गर्दै आएका कृष्ण केसीले साथीमै ठगीको सिकार हुनुपरेको पीडादायी अनुभव सार्वजनिक गरेका छन्।

परिवार र भविष्यका लागि पसिना बगाएर विदेशमा रातदिन खटिएका केसीले आफ्नो कमाइ मात्रै होइन, ऋण उठाएर पठाएको लाखौँ रुपैयाँ समेत गुमाउनु परेको छ।

सपना’ को मिठा कुरा र ठूलो व्यवसायको प्रलोभन

कोहलपुरकि    अमृता/सपना कठायत ले कृष्णलाई फोन गरेर ‘ठूलो ब्रान्ड प्रोडक्ट लञ्च गर्ने व्यवसाय’मा साझेदार बन्न आग्रह गरिन्।
“हप्तामै २–३ लाख कमाउन सकिन्छ, सुरुवातमा ५ लाख ३८ हजार रुपैयाँ हाल्नुपर्छ” भन्ने प्रलोभनसहित उनले रकम जम्मा गर्न लगाइन्।

योजना अनुसार करिब १ लाख ६० हजार रुपैयाँ अमृताको व्यक्तिगत खातामा र बाँकी ३ लाख ७८ हजार उनकी आमा बसना कठायतको खातामा जम्मा गरिएको कृष्णले बताएका छन्।

ऋण लिएर पठाएको रकम, तर पायो धोका

विभिन्न साथी–भाइबाट ऋणसमेत लिएर पैसा पठाएका कृष्णले लगानीपछि वास्तविक व्यवसाय होइन, नेटवर्क मार्केटिङ शैलीको योजना मात्रै देखे।
“त्यहाँ नयाँ मानिस ल्याए मात्र पैसा आउँछ भन्ने कुरा भयो। जब पैसा फिर्ता मागेँ, उल्टै धम्की दिन थाले। ठूला–ठूला ‘लहर’ छन् भन्थे,” कृष्ण भन्छन्।

‘अब पैसा फर्किँदैन, यही काम गर्नुपर्छ’

पीडितका अनुसार (सपना) ले खुलेरै भनिसकेकी छिन्– पैसा फिर्ता हुँदैन, यही काम गरेर अघि बढ्नुपर्छ। तर कृष्ण भन्छन्, “म मजदुरी गरेर परिवार चलाउने मान्छे, त्यस्तो धन्दामा म कसरी संलग्न हुन्छु? मेरो जीवनभरको कमाइ, ऋण सबै गयो।”

प्रहरी र मिडियासँग न्यायको अपिल

अत्यन्त पीडामा रहेका कृष्ण केसीले प्रहरी, मिडिया र समाजसँग सहयोग मागेका छन्।
“प्रहरीले छानबिन गरेर मेरो रकम फिर्ता गरिदिउन् भन्ने अपेक्षा छ। मजस्ता परदेशी मजदुरलाई लुट्ने यस्ता व्यक्तिमाथि कडा कारबाही होस्,” उनले जोड दिए।

समाजलाई सचेत रहने अपिल

यो घटनाले विदेशमा मेहनत गरेर आम्दानी गर्ने युवाहरूलाई झन् सजग रहनुपर्ने सन्देश दिएको छ। व्यवसायको नाममा मिठा प्रलोभन देखाएर रकम उठाउने प्रवृत्ति नियन्त्रणमा आउनु जरुरी छ।
पीडित कृष्ण केसीको आवाजलाई हामी सबैले सशक्त रूपमा उठाउनुपर्ने बेला आएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech