Surakshya Rastriya Dainik
सोमबार, २४ अगस्ट २०२६
ट्रेण्डिङ

कोहलपुर, बाँके ।आज दिउँसो करिब ३ बजेतिर बाँके जिल्ला कोहलपुर नगरपालिका–१४ हवल्दारपुरमा अबैध भन्सार छलिएको सामग्री बरामद भएको छ ।

ईलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार कोहलपुर–१४ घर भइ हाल कोहलपुर–९ बस्ने जसिराम रावलले भाडामा सटर लिएर गोदाम सञ्चालन गर्दै आएका थिए । प्रहरीलाई प्राप्त सूचनाका आधारमा गरिएको निगरानीका क्रममा क प्र ०२–००१ ख ०६०३ नम्बरको ट्रकमा चिनी, सिमीको दाल, सनफलावर बिडी र टुक लोड गरिरहेको अवस्थामा एक जना व्यक्तिलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

बरामद गरिएको समान तथा सवारीसाधनको कुल मूल्य करिब २१ लाख ७८ हजार ४ सय रुपैयाँ रहेको बताइएको छ । बरामद सबै सामग्री र नियन्त्रणमा लिइएको व्यक्तिलाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालयमा बुझाइएको छ ।

ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी लक्ष्मी खनालले यसअघि पनि यस्ता अबैध भन्सार छलीका घटना बढिरहेको बताउँदै निरन्तर निगरानी र कारबाही भइरहेका बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech