चितवन— जिल्ला प्रहरी कार्यालय चितवनले भन्सार छली गरी ल्याइएको लत्ता कपडा नियन्त्रणमा लिएको छ।


प्रहरीका अनुसार भरतपुर महानगरपालिका–९ स्थितमा सवारीसाधन चेकजाँच गर्ने क्रममा कुनै बिल–बिजक नभएका कपडाहरु फेला परेका हुन्। बरामद गरिएका कपडाको अनुमानित मूल्य दुई लाख १२ हजार ४४० रुपैयाँ बराबर रहेको छ।
प्रहरीले बरामद गरेका सामानमा ५७ सेट लेडिज रेडिमेट कुर्था कपडा र २७ रोल थ्री पिस कटन कोट कपडा रहेका छन्।
उक्त सामानहरु आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय, पथलैया, बारामा पठाइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।





