Surakshya Rastriya Dainik
मंगलबार, २५ अगस्ट २०२६
ट्रेण्डिङ

 

 भदौ ७, २०८२ – संयुक्त अरब इमिरेट्स (यूएई) का विभिन्न जेलहरूमा हाल ४७३ जना नेपाली कैदीबन्दी रहेका छन् । यो संख्या अहिलेसम्मकै बढी भएको नेपाली दूतावास अबुधाबीले जनाएको छ।

दूतावासका अनुसार कैदीमध्ये सबैभन्दा धेरै लागूऔषध सेवन तथा ओसारपसार सम्बन्धी मुद्दामा पक्राउ परेका छन्। त्यस्तै, जाँड–रक्सी सेवन, घरेलु विवाद, अवैध बसोबास, आर्थिक लेनदेन तथा अन्य आपराधिक गतिविधिमा संलग्न भएको आरोपमा पनि धेरै नेपाली जेल जीवन बिताइरहेका छन्।

४७३ जना मध्ये ३६ जना महिला र ४३७ जना पुरुष छन्।

सबैभन्दा बढी दुबईमा

दूतावासका अनुसार दुबईका विभिन्न सुधारगृह र चौकीमा मात्रै १९ महिला र २७० जना पुरुष छन्। दुबईकै सेन्टर जेल अल अबिरमा ४५ जना, आबुधाबी सेन्टर जेलमा ६७ जना (६ महिला, ६१ पुरुष), अल ऐनमा ४ जना, सारजाह जेलमा २३ जना (७ महिला, १६ पुरुष) रहेका छन्।

रसअलखेमा जेलमा १६ जना, अजमानमा ७ जना, उम्मलक्वीनमा ६ जना र फुजेराहमा ९ जना नेपाली कैदी रहेका दूतावासले जनाएको छ।

कानुनी सहायता प्रक्रिया सुरु

बढ्दो समस्यालाई मध्यनजर गर्दै दूतावासले कानुनी सहायता उपलब्ध गराउनका लागि वकिल नियुक्त गर्ने प्रक्रिया सुरु गरेको राजदूत तेजबहादुर क्षेत्रीले जानकारी दिए।

“दूतावासका तर्फबाट नियमित रुपमा कैदीहरूसँग भेटघाट भइरहेको छ। कानुनी सहायता र आवश्यक समन्वयमा दूतावास निरन्तर सक्रिय छ,” दूतावासकी प्रवक्ता रन्जिता दाहालले भनिन्।

कडा कानुन, सचेतना आवश्यक

यूएईमा लागूऔषधसम्बन्धी कानुन अत्यन्तै कडा छ। सानो मात्रामा समेत सेवन वा ओसारपसारको अभियोग लागेमा लामो कैद सजाय हुने गर्छ। त्यस्तै, सार्वजनिक स्थानमा मदिरा सेवन गर्ने वा बिना अनुमति बिक्री गर्ने, मदिरा सेवनपछि झगडा गर्ने वा कुटपिटमा संलग्न हुनेहरू पनि जेल पर्न पुगेका छन्।

दूतावासले पटक–पटक सूचना जारी गर्दै यूएईमा रहेका नेपालीलाई अनुशासित रहन र कुनै पनि अवैध गतिविधिमा नलाग्न आग्रह गरेको छ।

थप चुनौती

पछिल्लो समय आर्थिक प्रलोभनमा परी इमिरेट्स आइडी अर्कैलाई दिने, बैंकबाट ऋण लिने, अवैध रकम खातामा भित्र्याउने, अनलाइनमार्फत गैरकानुनी कारोबार गर्ने जस्ता गतिविधिमा पनि केही नेपाली संलग्न देखिएका छन्।

दूतावासको जेल भ्रमण

दूतावासका तर्फबाट उपनियोग प्रमुख रन्जिता दाहाल, दुबईस्थित महावाणिज्यदूत कृष्णप्रसाद चापागाईँ, श्रम सहचारी पंकज लाभ कर्ण, द्वितीय सचिव तिलबहादुर सुनारलगायत टोलीले अहिलेसम्म तीनवटा जेल भ्रमण गरिसकेको छ। बाँकी जेलसमेत क्रमशः भ्रमण गर्ने तयारी भइरहेको छ।

दूतावासले सामाजिक संघ–संस्था र प्रवासी संगठनहरूलाई समेत नेपालीहरूलाई सचेत बनाउन आग्रह गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech