कोहलपुर, भदौ १८।
कोहलपुर क्षेत्रमा लामो समयदेखि भइरहेको बारम्बारको विद्युत अवरोध समस्या समाधान गर्न नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) कोहलपुर नगर समितिले गम्भीर चासो जनाएको छ।
नगर समितिले यसअघि २०८२ जेठ १२ गते नै नेपाल विद्युत प्राधिकरण, कोहलपुर वितरण केन्द्रलाई स्मरणपत्र बुझाइसके पनि समस्या निरन्तर रहँदै आएको भन्दै तत्काल पहल आवश्यक रहेको जनाएको हो।


यही पृष्ठभूमिमा आउँदो भदौ १९ गते बिहान ११:३० बजे नेपाल विद्युत प्राधिकरण कोहलपुर वितरण केन्द्रको प्रांगणमा सरोकारवालासँग संयुक्त छलफल कार्यक्रम आयोजना गर्न लागिएको समितिले जानकारी दिएको छ।
छलफल कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, सामाजिक अभियन्ता, बुद्धिजीवी, उद्योग–व्यवसायी, सञ्चारकर्मी, संघ–संस्थाका प्रतिनिधि तथा विद्युत प्रयोगकर्ताहरूको उपस्थितिका लागि आग्रह गरिएको छ।
नगर समितिका अध्यक्ष बलबहादुर खड्काले जारी गरेको विज्ञप्तिमा, विद्युत समस्या दीर्घकालीन समाधानका लागि सबै पक्षले एकजुट भएर आवाज उठाउनु पर्ने आवश्यकता औंल्याइएको छ।





