Surakshya Rastriya Dainik
मंगलबार, २५ अगस्ट २०२६
ट्रेण्डिङ

 

कोहलपुर। आगामी असोज ४ गते कोशी प्रदेशको इटहरीमा आयोजना हुने ‘एपेक राष्ट्रिय काव्यमहोत्सव’ मा कर्णाली प्रदेशका दुई कवि — लक्ष्मण मानव र कल्पना पलक — ले कविता वाचन गर्ने भएका छन्।

एपेक नेपालले आयोजना गर्दै आएको यस राष्ट्रिय काव्यमहोत्सवको यो दोस्रो संस्करण हो। देशका सातै प्रदेशबाट दुई-दुई जना गरी १४ जना कविहरूले आफ्ना सिर्जनात्मक प्रस्तुतिहरू राख्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ।

कर्णालीबाट सहभागी कवि लक्ष्मण मानवले यस अवसरलाई “समकालीन नेपाली कविताको साझा मंच” को रुपमा लिएका छन्। उनले भने, “एउटै मंचमा बसेर राष्ट्रभरिका कविहरूका अनुभूति सुन्नु र आफ्ना भावना प्रस्तुत गर्नु कर्णालीका लागि पनि गौरवको विषय हो।”

यसैगरी सल्यानकी कवि कल्पना पलकले कर्णालीको प्रतिनिधित्व गर्दै आफ्ना रचनाहरू प्रस्तुत गर्नेछिन्।

कार्यक्रममा देशका स्थापित तथा नवोदित कविहरूको सहभागिता रहनेछ। आयोजकले यसलाई नेपाली कविताको विविधता र जीवन्ततालाई एकैसाथ प्रस्तुत गर्ने अवसरको रुपमा लिएको छ।

एपेक नेपाल का अनुसार महोत्सवमा सहभागी सबैलाई काव्यिक यात्राको साझा ध्वनि अनुभव गर्न हार्दिक आमन्त्रण गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech