दाङ, घोराही – प्रहरीले दाङमा लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ।


घोराही उपमहानगरपालिका–१३ डुम्मर गाउँका २१ वर्षीय पुष्कर घर्तीको साथबाट १ ग्राम ८ सय ६० मिलिग्राम ब्राउन सुगर बरामद भएको छ। अर्कोतर्फ, २७ वर्षीय कमल घर्तीको साथबाट ५ ग्राम ब्राउन सुगर फेला परेको छ।
दाङका प्रहरी प्रवक्ता डिएसपी चक्र बहादुर शाहका अनुसार, पुष्करलाई पहिले पक्राउ गरिएको र उनको बयानका आधारमा कमललाई पनि पक्राउ गरिएको हो। प्रहरीले पुष्कर र कमल दाजुभाइ भएको पुष्टि गरेको छ।
दुई जनाविरुद्ध लागुऔषध मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।





