Surakshya Rastriya Dainik
मंगलबार, २५ अगस्ट २०२६
ट्रेण्डिङ

 

बाँके, २०८२ भदौ १९ –
त्रिभुवन विश्वविद्यालय क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय, कोहलपुर–२ तेह्रबिघाहस्थित भवनमा जय भवानी निर्माण सेवाका सञ्चालक अर्जुन पनेरु नेतृत्वको समूहले आज बिहान तालाबन्दी गरेका छन्।

करिब १०–१२ जनाको समूहमा आएका उनीहरूले बिहान ११:३० बजे कार्यालयका कर्मचारीलाई बाहिर निकालेर तालाबन्दी गरेका हुन्।

उक्त भवन करिब पाँच करोड ४८ लाख ८५ हजार दुई सय ७३ रुपैयाँ लागतमा बनेको हो। निर्माण व्यवसायीको दाबीअनुसार करिब १ करोड रुपैयाँ भुक्तानी अझै पाउन बाँकी रहेकाले तालाबन्दी गरिएको हो।

तर कार्यालय पक्षले भने भवनको करिब ९५ प्रतिशत मात्र काम सम्पन्न भएकाले सम्पूर्ण भुक्तानी दिन नसकिएको जनाएको छ।

यस घटनाले विश्वविद्यालयको प्रशासनिक कामकाज प्रभावित भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech