Surakshya Rastriya Dainik
मंगलबार, २८ जुलाई २०२६
ट्रेण्डिङ

बाँके, कोहलपुर – नेपाल सरकारको स्कुल बस निर्देशिका, २०७४ ले तोकेको मापदण्ड पालना नगरी कोहलपुर नगरपालिकाभित्र सञ्चालित प्राइभेट स्कुल बसहरू दैनिक सडकमा गुडिरहेका छन्। विद्यार्थीहरूको सुरक्षा सुनिश्चित गर्ने उद्देश्यले ल्याइएको निर्देशिका कागजमै सीमित बनेको देखिँदा अभिभावक र स्थानीयवासी चिन्तित बनेका छन्।

निर्देशिकाअनुसार प्रत्येक स्कुल बस पहेंलो (golden yellow) रंगमा हुनुपर्ने, अगाडि–पछाडि ठूला अक्षरमा “SCHOOL BUS” लेख्नुपर्ने, स्कुलको नाम दुबैपट्टि उल्लेख हुनुपर्ने, आपतकालीन ढोका, झ्यालमा ग्रील, प्राथमिक उपचार बाकस, फोहोर टोकरी, स्कुल ब्याग राख्ने तखता जस्ता सुविधा अनिवार्य हुनुपर्ने प्रावधान छ। साथै, १२ वर्ष मुनिका विद्यार्थीलाई मात्र सिट क्षमताभन्दा १.५ गुणा बढी राख्न पाइने र बसको गति ४० किमी/घण्टा भन्दा बढी नहुने स्पष्ट नियम छ।

तर, कोहलपुरका प्रायः प्राइभेट स्कुल बसमा आपतकालीन ढोका र बाहिरी रंगबाहेक अन्य अधिकांश मापदण्डको पालना नभएको देखिन्छ। कतिपय बसमा स्कुलको नामसमेत प्रष्ट छैन, प्राथमिक उपचार बाकस र फोहोर टोकरी छैनन्, ब्याग राख्ने तखता छैन।
अखिल क्रान्तिकारीका जिल्ला नेता लक्षमण मानव को आरोप छ– “बसहरू नियमभन्दा बढी विद्यार्थीले खचाखच भरिएका हुन्छन्, गति पनि ४० भन्दा माथि नै हुन्छ।”

अभिभावक र स्थानीयहरू भन्छन्, “हामीले बच्चा पठाउँदा सुरक्षित हुन्छन् भन्ने विश्वास चाहिन्छ। तर अहिले स्कुल बसहरू नै दुर्घटनाको जोखिम बनेका छन्।”

निर्देशिकाअनुसार नियमन गर्ने जिम्मा मातहतका कार्यालय हरु वा अधिकार प्रत्यायोजन भएका निकाय हरु जस्मा स्थानीय सरकार, नगर शिक्षा इकाई , जिल्ला ट्राफिक प्रहरी र जिल्ला यातायात व्यवस्था कार्यालयको भए पनि उनीहरू मौन बसिरहेको जनगुनासो छ।
“ट्राफिक प्रहरी कहाँ छ? नियम विपरीत बसहरू किन सडकमा गुडिरहेका छन्?” भन्ने प्रश्न तीब्र रुपमा उठिरहेको छ।

विद्यार्थीहरूको ज्यानसँग सम्झौता नगर्न अभिभावक, स्थानीयवासी र सरोकारवाला निकायहरूले ट्राफिक प्रहरी र यातायात कार्यालयलाई तत्कालै कडा निगरानी र कारबाही गर्न आग्रह गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech