Surakshya Rastriya Dainik
बिहीबार, १३ अगस्ट २०२६
ट्रेण्डिङ

 

बाँके, कोहलपुर – २३ भदौं । सामाजिक सञ्जाल बन्द र शासकीय अव्यवस्थाविरुद्ध राजधानी काठमाडौंमा जेनजि युवाहरूको आन्दोलन हिंसात्मक बनेको भए पनि बाँकेको कोहलपुरमा आन्दोलन सामान्य ढंगले सम्पन्न भएको छ।

कोहलपुरको विभिन्न चोक तथा बजार क्षेत्रमा युवाहरूले शान्तिपूर्ण रुपमा नाराबाजी गरेका थिए। काठमाडौंमा जस्तै भिडन्त वा ठूलो तनाव भने यहाँ देखिएको छैन। सुरक्षाकर्मीहरू सतर्क भए पनि स्थिति नियन्त्रणमै रहेको प्रहरीले जनाएको छ।

आन्दोलनमा सहभागी युवाहरूले सामाजिक सञ्जाल खोल्नुपर्ने र राज्य सञ्चालनमा पारदर्शिता कायम गर्नुपर्ने माग दोहोर्‍याएका छन्। उनीहरूले ब्यानर, प्लेकार्डसहित सडकमा प्रदर्शन गरेका थिए।

प्रदर्शनका कारण कोहलपुर बजार क्षेत्रमा केहीबेर सवारीसाधन आवागमन प्रभावित भए पनि दिउँसोपछि अवस्था सामान्य बनेको छ। हाल कोहलपुरमा स्थिति शान्त र नियन्त्रणमै रहेको स्थानीय प्रशासनले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech