काठमाडौं । जेनजी समूहको सोमबारको देशव्यापी आन्दोलनमा २२ जनाको ज्यान गएपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले प्रधानमन्त्री के.पी. शर्मा ओलीप्रति कडा प्रतिक्रिया जनाएका छन्।


सामाजिक सञ्जालमार्फत स्टाटस लेख्दै मेयर शाहले प्रधानमन्त्री ओलीलाई ‘आतंकवादी’ को संज्ञा दिएका छन्। साथै उनले प्रधानमन्त्री ओलीमाथि मृत्युप्रति संवेदनशीलता नदेखाएको आरोप पनि लगाएका छन्।
शाहले ओलीमाथि तीव्र प्रहार गर्दै भनेका छन्, “आफ्ना छोराछोरी नभएकाले मृत्युको पीडा बुझ्न सक्दैनन्।” उनले यो अवस्थालाई ‘विश्वले कहिल्यै नदेखेको आतंकवाद’ भन्दै ओलीलाई नेता बन्न त परे–परे मान्छे बन्नै लायक नभएको टिप्पणी गरेका छन्।





