Surakshya Rastriya Dainik
आइतबार, ९ अगस्ट २०२६
ट्रेण्डिङ

 

काठमाडौँ, भदौ २५, २०८२ – भाद्र २३ र २४ गते देशका विभिन्न भागमा जेनजी पुस्ताको प्रदर्शन र त्यसपश्चात उत्पन्न परिस्थितिको अनुगमनलाई राष्ट्रिय मानव अधिकार आयोग (एनएचआरसी) ले निरन्तरता दिइरहेको छ।

आयोगले प्रदर्शनपछिको निषेधाज्ञा अवधिमा मृतकका परिवार र घाइतेहरूको अवस्थाबारे बुझ्ने कार्यलाई निरन्तरता दिएको जनाएको छ। साथै, मानव अधिकारकर्मी, सञ्चारकर्मी र अत्यावश्यक सेवाप्रदायकलाई सहज आवागमनमा सहयोग गर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ।

हिंसा र क्षतिप्रति चिन्ता

विगत दुई दिनमा भएका हिंसात्मक गतिविधि, आगजनी र तोडफोडका कारण ठूलो जनधनको क्षति भएको भन्दै आयोगले यस घटनाप्रति दुःख व्यक्त गरेको छ। आयोगले अब यस्ता घटना दोहोरिन नदिन र कसैले पनि हिंसात्मक कार्य नगर्न–नगराउन सबैलाई आह्वान गरेको छ।

संयम र जिम्मेवारीको खाँचो

देश विषम अवस्थामा रहेको वर्तमान सन्दर्भमा सबै पक्ष संयमित रहनुपर्ने आयोगको भनाइ छ। विज्ञप्तिमा भनिएको छ, “सबै पक्षले देश र जनताप्रतिको जिम्मेवारी मनन गर्दै वर्तमान अन्यौलताको अवस्थाबाट अगाडि बढ्नु आवश्यक छ।”

लोकतान्त्रिक प्रक्रियामार्फत समाधान

आयोगले लोकतन्त्रको विकल्प लोकतन्त्र मात्रै भएको दोहोर्‍याउँदै जनताका हक अधिकारलाई सुरक्षित गर्दै लोकतान्त्रिक विधि र प्रक्रियाबाटै राजनीतिक निकास खोज्नुपर्नेमा जोड दिएको छ।

सबैलाई सकारात्मक भूमिकाको आग्रह

सङ्कटको यस घडीमा स्थितिलाई सामान्य बनाउन राज्यका निकायदेखि आम नागरिकसम्म सबैको सकारात्मक र सक्रिय भूमिका अपरिहार्य भएको आयोगको भनाइ छ।

प्रवक्ता डा. टीकाराम पोखरेल द्वारा जारी विज्ञप्तिमा भनिएको छ कि आयोग यस प्रक्रियामा आफ्नो आवश्यक भूमिका निर्वाह गर्न सदैव तत्पर रहनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech