काठमाडौं । कन्टेन्ट क्रियटर इस्टु कार्कीले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहलाई राजतन्त्र स्वीकार्य नहुने भन्दै स्पष्ट सन्देश दिएकी छन्।


सामाजिक सञ्जाल फेसबुकमार्फत बिहीबार भिडियो सन्देश जारी गर्दै कार्कीले आफूहरूलाई न राजतन्त्र र न सैनिक शासन चाहिएको बताएकी हुन्।
उनले भनिन्, “बालेन दाइलाई मेरो ठाडै म्यासेज। दाइ, हामीलाई राजतन्त्र चाहिएको छैन। सैनिक शासन चाहिएको छैन। यो पुराना नेताहरू पनि चाहिएको छैन।”
कार्कीले बालेन शाहलाई छिटो निर्णयमा पुग्न आग्रह गर्दै भनिन्, “जति सक्दो छिटो डिसिजन लिइहाल्नू। हामीलाई बाहिरी शक्तिहरूको एकदमै खतरा छ। सिक्किमीकरणको खतरा छ, भुटानीकरणको खतरा छ।”
उनले राष्ट्रिय स्वाभिमान टिकाइ राख्न चुनौतीपूर्ण भइरहेको बताउँदै विदेशी सेना नेपाल भित्रिएमा फिर्ता पठाउन कठिन हुने चेतावनीसमेत दिएकी छन्।





