Surakshya Rastriya Dainik
बुधबार, १६ सेप्टेम्बर २०२६
ट्रेण्डिङ

 

काठमाडौं – मुलुकको अस्थिर राजनीतिक परिस्थितिबीच पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गर्ने तयारी भएको छ।

स्रोतका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले आजै कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरी शपथ गराउने सम्भावना रहेको छ।

यसअघि बिहीबार राति शीतल निवासमा बसेको सर्वपक्षीय बैठकमा कार्कीलाई प्रधानमन्त्री बनाउने विषयमा सहमति बनेको थियो। उक्त बैठकमा राष्ट्रपति पौडेल, प्रधानसेनापति अशोकराज सिग्देल, सभामुख देवराज घिमिरे, संवैधानिक कानुनविद्, जेनजी प्रतिनिधि र प्रमुख दलका नेताहरू सहभागी थिए।

तर छलफलमा कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री बनाउने वा मन्त्रिपरिषद् अध्यक्ष मात्र बनाउने भन्ने विषयमा भने प्रष्ट सहमति जुट्न सकेको छैन। त्यस्तै, संसद् विघटन गर्ने–नगर्ने विषयमा पनि मतभेद देखिएको छ।

जेनजी समूह संसद् विघटन गर्नुपर्ने अडानमा रहँदै आएको छ भने राष्ट्रपति पौडेल त्यसमा सहमत भएका छैनन्। यही कारण आज बिहान ९ बजेदेखि पुनः छलफल सुरु हुने भएको छ। छलफलमा निष्कर्ष आए कार्कीलाई आजै प्रधानमन्त्रीमा नियुक्त गर्ने तयारी गरिएको बताइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech