काठमाडौं । देशको संवेदनशील अवस्थामा राष्ट्रिय अनुसन्धान विभाग नेतृत्वविहिन बनेको छ। विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापा शनिबार अवकाशमा गएसँगै विभाग प्रमुख पद रिक्त भएको हो।


प्रधानमन्त्री सुशील कार्कीले अहिलेसम्म कसैलाई निमित्त प्रमुखको जिम्मेवारी तोकेकी छैनन्। यसबीच विभागका एआईजीद्वय ओम जोशी र टेकेन्द्र कार्की प्रमुख बन्ने दौडमा रहेका छन्।
मुख्यसचिव एकनारायण अर्यालले दुवै एआईजीलाई जिम्मेवारी बाँडेर काममा खटाएका छन्। तर औपचारिक रूपमा विभागको नेतृत्व कसले गर्ने भन्ने विषय खुल्न बाँकी छ।
विशेष सुरक्षा निकाय मानिने अनुसन्धान विभाग नेतृत्वविहिन बनेपछि राजनीतिक र प्रशासनिक वृत्तमा यसको असरबारे चर्चा चुलिएको छ।





